.. उपभोक्ता समितिको विधान
प्रस्तावनाः स्थानीय स्तरमा उपलब्ध श्रम, सीप, स्रोत साधन तथा अवसरहरुलाई अधिकतम परिचालन बाट रोजगारी सिर्जना, सहभागितामूलक योजना तर्जुमा गरी आफ्नो टोल वा वस्तीको समग्र विकास मार्फत गाउँको विकासमा ठोस योगदान पुर्याउने उदेश्यले यस ........................................ गर्न यो विधान बनाइएको छ।
१. संक्षिप्त नाम र प्रारम्भः
(१) यो उपभोक्ता समितिको नाम ........................................................................................ हुनेछ।
(२) यो विधान उपभोक्ताहरुको आम भेलाबाट अनुमोदन भई गाउँपालिका कार्यालयको दर्ता अधिकारी वाट स्वीकृती भएको मितिदेखि लागू हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस विधानमा, -
(क) "समिति" भन्नाले ............................................................................ उपभोक्ता समितिलाई सम्झनुपर्छ।
(ख) "विधान" भन्नाले ......................................................................... उपभोक्ता समितिको विधानलाई सम्झनुपर्छ।
(ग) "आमभेला" भन्नाले उपभोक्ता समिति गठनको लागि राखिएको उपभोक्ताहरुको भेलालाई सम्झनुपर्छ।
(घ) "कार्यसमिति" भन्नाले कुनै पनि योजना संचालनको लागि गठित उपभोक्ता समितिलाई सम्झनुपर्छ।
(ङ) "वैठक" भन्नाले उपभोक्ता समितिको वैठकलाई सम्झनुपर्छ।
(च) "पदाधिकारी" भन्नाले कार्यसमितिका अध्यक्ष, कोषाध्यक्ष, सचिव र सदस्यलाई जनाउँछ।
३. संगठित संस्था हुनेः
(१) यो समिति संगठित संस्था हुनेछ।
(२) समितिको आफ्नो छुट्टै छाप हुनेछ साथै समितिले व्यक्ति सरह आफ्नो नामबाट कार्य गर्न सक्नेछ।
(३) समितिले चल अचल सम्पति प्राप्त गर्न र उपभोग गर्न सक्नेछ तर समितिले आफ्नो अचल सम्पत्ति बिक्रि गर्ने पाउने छैन। समिति बिघटन भएमा सो समितिको सम्पूर्ण चल अचल सम्पत्ति गाउँ पालिकामा हस्तान्तरण हुनेछ।
४. उपभोक्ता समितिका उद्देश्यहरुः समितिका उद्देश्यहरु देहाय बमोजिम हुनेछः
(क) स्थानीय स्रोत साधनको अधिकतम परिचालन गरी कम लागतमा अधिकतम उपलब्धि हासिल गराउने,
(ख) आयोजनाको कार्यान्वयन र प्राप्त प्रतिफलसम्म लाभग्राहीहरुको समतामूलक पहुँच स्थापित गर्ने।
५. उपभोक्ता समितिको काम, कर्तव्य र अधिकारः समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछन्ः
(क) सम्झौता बमोजिमको काम तोकिएको परिणाम, गुणस्तर, समय र लागतमा सम्पादन गर्ने,
(খ) उपभोक्ताहरुलाई कार्यालयबाट प्राप्त सूचना तथा मार्गदर्शनको जानकारी गराउने,
(ग) उपभोक्ता समितिको कार्य सम्पादनलाई प्रभावकारी बनाउन समितिका सदस्यहरुको कार्य विभाजन तथा बाडफाँड गर्ने,
(घ) सम्झौता बमोजिमको कामको परिणाम, गुणस्तर, समय र लागतमा परिवर्तन गर्नुपर्ने भएमा कार्यालयबाट स्वीकृति लिने,
(ङ) वातावरण सन्तुलन कायम गर्दै नियमित मर्मत सम्भार मार्फत आयोजनाको दिगो व्यवस्थापन गर्ने।
(च) आयोजना सम्पन्न पश्चात तोकिएको ढाँचाका कागजातहरु सहित समयमै फरफारकका लागि कार्यालयमा पेश गर्ने।
६. खाता सञ्चालनः
(१) उपभोक्ता समितिको खाता तोकीएको बैंक खोलिनेछ।
(२) समितिको खाता अध्यक्ष, कोषाध्यक्ष र सचिव गरी तीन जना मध्ये दुईको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ। खाता सञ्चालकहरु मध्ये कम्तिमा एक जना महिला हुनुपर्नेछ।
७. कार्यसमितिका पदाधिकारीहरुको काम, कर्तव्य र अधिकारः कार्यसमितिका पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ।
(क) अध्यक्षको काम, कर्तव्य र अधिकारः
(१) समितिको नियमित बैठक बोलाउन निर्देशन दिने, वैठकका लागि मिति, समय र स्थान तोक्ने
(२) छलफल हुँदा सबैको विचार संकलन गर्ने र सर्वसम्मत निर्णय गर्न पहल गरी निर्णयहरु लागू गर्ने, गराउने।
(३) समितिले आर्जन/प्राप्त गरेको नगद वा जिन्सी सामानको सुरक्षाको प्रबन्ध मिलाउने।
(४) विशेष वैठकको आवश्यकता परेमा विधान बमोजिम बैठक बोलाउने।
(५) विधान बमोजिम अन्य कार्यहरु गर्ने।
(ख) उपभोक्ता समितिको सचिवको काम, कर्तव्य र अधिकारः
(१) अध्यक्षको आदेश अनुसार वैठक बोलाउने।
(२) एकतिहाइ सदस्यले विशेष वैठकका लागि लिखित माग गरेमा विधान बमोजिम बैठक बोलाउने।
(३) छलफलका प्रस्तावका आधारमा वैठकको निर्णय लेखि निर्णय प्रमाणित गर्ने/गराउने।
(४) तोकिएका अन्य कार्यहरु गर्ने।
(ग) कोषाध्यक्षको काम, कर्तव्य र अधिकारः
(१) संस्थाको आम्दानी र खर्चको विवरण तयार पार्ने।
(२) बैंकमा खाता सञ्चालन गर्दा संयुक्त रुपमा खाता सञ्चालन गर्ने।
(३) संस्थाको नगद र जिन्सी सामानको जिम्मा लिई सुरक्षा गर्ने।
८. आमभेलाको काम, कर्तव्य र अधिकारः आमभेलाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ।
(क) कार्य समितिलाई अधिकार प्रत्यायोजन गर्ने।
(ख) कार्य समितिको कुनै सदस्य वा सिंगो कार्यसमितिको विरुद्ध कुनै उजुरी भएमा निर्णय गर्ने।
(ग) समितिको विधान संशोधन गर्ने।
(घ) संस्थाको वार्षिक कार्ययोजना स्वीकृत गर्ने।
९. आर्थिक व्यवस्थापनः समितिको देहाय बमोजिम आर्थिक स्रोत हुनेछ।
(क) गाउँपालिकावाट प्राप्त अनुदान।
(ख) जनश्रमदानवाट प्राप्त हुने आम्दानी।
(ग) संघ संस्थावाट नगद जिन्सी तथा अन्य आम्दानी।
(घ) उपभोक्ता सामितिबाट आयोजना/परियोजना/योजना/क्रियाकलापमा गरिने लागत साझेदारीको रकम।
१०. कार्यसमितिका पदाधिकारीको राजिनामाः
(१) समितिका सदस्यहरुले आफ्नो पदबाट राजिनामा दिन चाहेमा अध्यक्ष समक्ष दिन सक्नेछन्।
(२) अध्यक्षले आफ्नो राजिनामा सचिव मार्फत समितिको बैठकमा पेश गर्नुपर्नेछ र सो उपर समितिले निर्णय गरे बमोजिम हुनेछ।
११. विविधः
(१) विधान संशोधन गर्नुपर्ने भएमा कार्य समितिले स्वीकृत गरी आमभेलामा पेश गर्नुपर्नेछ। आमभेलामा उपस्थित सदस्यहरुको कम्तिमा दुई तिहाई बहुमतबाट मात्र विधान संशोधन हुन सक्नेछ।
(२) यो विधान प्रचलित ऐन, नियमहरुसँग बाझिएमा बाझिएको हदसम्म स्वतः खारेज हुनेछ।
झिमरुक गाउँ कार्यपालिकाको बैठकबाट मिति २०८०/०१/११ गते पारित यो
कार्यविधि झिमरुक गाउँ कार्यपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको
प्रमाणीकरण (कार्यविधि) नियमावली, २०७४ को नियम ३ को उपनियम ४ वमोजिम
प्रमाणीकरण गर्दछु।
सुवाश रिजाल
प्रमुख प्रशासकीय अधिकृत
प्रमाणीकरण मितिः २०८०/०१/२४